News Portal

बंगबन्धु गोल्डकप फुटबलको खेलतालिका सार्वजनिक, नेपाल रहेको समूहमा को को छन ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१२ पटक
काठमाडौं

भदौ १६, काठमाडौं – बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ।  बंगलादेशमा आउँदाे अक्टोबर १ देखि १२ सम्म आयोजना हुने प्रतियोगिता नेपाल समूह ए मा परेकोमा परेको छ  नेपालले दुई वर्षअघिको संस्करणमा उपाधि जितेको थियो ।

शनिबार भएको ड्रमा नेपाल समूह ए मा प्यालेस्टाइन र ताजिकिस्तानसँगे परेको छ । समूह बी मा आयोजक बंगलादेश लाओस र फिलिपिन्स छन् ।

बंगलादेश फुटबल फेडेरेसनले बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा सन् १९९६ देखि आयोजना सुरु गरेको प्रतियोगिताको यो पाँचौं सस्करण हो ।

२०७५ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्