News Portal

विप्लवसँगको बार्ताका विषय रक्षामन्त्रीको आयो कडा जवाफ

मोटिभेटन्यूज संवाददाता
१२०१ पटक

विराटनगर – रक्षामन्त्री ईश्वर पोखरेलले नेक्रविक्रम चन्द्र विप्लवले नेतृत्व गरेको नकपालाई हिंसात्मक गतिविधि छोढ्न आग्रह गरेका छन । विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै रक्षामन्त्री पोखरेलले हतियार र हिसात्मक गतिविधि त्याग्नु आग्रह गरेका हुन् ।

रक्षामन्त्री पोखरेलले वार्ताका विषयमा बोल्दै हिंसासंगै वार्ता नहुने स्पष्ट पारे । उनले भने, ‘विप्लव समूहले हिंसात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । यस्तो अबस्थामा वार्ताको कुनै सम्भावना रहँदैन’, ।

सरकारले विभिन्न राजनितिक समूहसँग वार्ता गर्न बनाएको टोलीले औपचारिक कुराकानी गरेको भए त्यसबारे सरकारलाई जानकारी नभएको उनले बताए ।

सरकारले नै टिम बनाएको समाचारहरुमा आफूले पनि पढेको भन्दै पोखरेलले त्यसलाई आफूहरुले हस्यौली र ठट्यौलीका रुपमा लिएको प्रतिक्रिया दिए ।

२०७६ साउन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्