News Portal

जुम्लाबाट काठमाडौं आउँदै गरेको बस पल्टियो, कति भयो क्षति ?

मोटिभेटन्यूज संवाददाता
१९०६ पटक

काठमाडौं – कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविसकोट नगरपालिका–५ शेराबाडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार मृत्यु हुनेमा आठबिस नगरपालिका–५ मालाचौरीका ३३ की वर्षीया दिर्जा माझी रहेकी छन् । घाइते सबैको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घुम्ति मोडमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जुम्लाबाट काठमाडौंका लागि छुटेको बस यात्रु लिन दैलेखको मालाचौरतर्फ जाँदै गरेको थियो । मालाचौरमा सुत्केरी बेथा लागेकी एक महिलालाई मेडिकलसम्म पुर्‍याएर यात्रु लिनका लागि पुनस् मालाचौरतर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको हो ।

९ जना सवार रहेको बस दुर्घटना हुँदा करिव ५०र६० मिटर तल खसेको छ । बसका चालकभने फरार रहेका छन् । बसले च्यापिएर मृत्यु भएकी दिर्जा माझीको शव निकाल्न काठविसकोट नगरपालिकाबाट स्कोभेटर झिकाइएको प्रहरीले जानकारी दिएको छ ।

२०७६ साउन ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्