News Portal

स्विमिङ पुलका नाङ्गा तस्वीरबारे सुस्मा कार्कीको आयो कडा प्रतिक्रिया

मोटिभेटन्यूज संवाददाता
११९६ पटक

काठमाडौं – नायिका सुस्मा कार्कीले सोमबार आफ्नो फेसबुकबाट बोल्ड तस्वीर सार्वजनिक गरिन् । स्विमिङ्ग पुलको तस्बिर सार्वजनिक गर्ने बित्तिकै विभिन्न खाले गसिप बन्न थाल्यो ।

उनको विकिनीको तस्वीर मिडियामा छाएपछि उनलाई सकस भयो । त्यसपछि सोमबार सामाजिक सञ्जालमा आफूले पोस्ट गरेको आफ्नो तस्वीरले आफैलाई बोर गरायो क्यारे । त्यसपछि सबैलाई गाली गर्न थालिन् । उनको फोटाहरु एकाएक चर्चामा आउने थालेपछि मध्यरातमा फेसबुकमा आक्रोशपुर्ण स्टाटस पोष्ट गर्दै सबैलाई गाली गरेकी छन् ।

सोमबार राती ११ बजेतिर सुस्माले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘अब स्विमिङ पुलमा कुर्था लगाएर स्विमिङ गर्नु पर्ला । काम नपाएकाहरु पैसा कमाउनको लागि अरुको फेसबुकबाट फोटो तान्दै समाचार बनाउछन् । भिकारीहरु अर्काको फोटो प्रयोग गरेर पैसा कमाऊ ।’

सुस्माले भने जस्तै कुर्था लगाएर स्विमिङ खेल्न सोभा नदेला । तर पैसा कमाउन फोटो तानेर समाचार बनाउँछन् भन्ने आरोपको खण्डन भैरहेको छ । अझ भिकारी भनी उनले गरेको सम्बोधनले उनको वैचारिक स्तर झल्काउने धेरैको टिप्पणी छ ।

केही दिन अगाडी मात्रै आफ्नो फोटोलाई नकारात्मक टिप्पणी गर्नेलाई अर्की नायिका साम्राज्ञी शाहले कुकुरका संज्ञा दिएकी थिइन् । उसो त सुस्मा कार्की आफै विभिन्न स्क्याण्डलमा परि रहिन्छन् । आफैं मरेको स्टाटस लेख्न लगाएर केही साल अगाडी सुस्माले धेरैले शशंकित बनाएकी थिइन् भने सलमान खानसँग खिचेको फोटो फेसबुकमा राखेर उनी चर्चामा आएकी थिइन् ।

हेर्नुहोस उनका तस्वीरहरु

 

२०७६ साउन ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्