News Portal

योगश भट्टराईको स्टाटसले नेकपामा तरङ्ग, के गर्लान ओली–प्रचण्ड ?

मोटिभेटन्यूज संवाददाता
२०८७ पटक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईको फेसबुक स्टाटसले नेकपामा तरङ्ग पैदा गरेका छ । भट्टराइले एक स्टाटस लेख्ख्दै पार्टी नेतृत्वहरुले जिम्मेवारी बाँढफाँड गर्दा ध्यान दिनुपर्ने कुराहरु सहित नेतृत्वलाई सल्लाह दिएपछि यो विषयले बहस सृजना गरेको छ ।

स्टाटसमा भट्टराईले नेतृत्वको ध्यानाकर्षण गराउँदै योग्यता, क्षमता र रुचीका आधारमा नेताहरुलाई जिम्मेवारी दिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ । कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।’

त्यस्तै उनले पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र भएको र त्यसमा रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिलाउन अग्रह गरेका छन् ।

प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊन र हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरि त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसाल्न नेतृत्वलाई सल्लाह दिएका छन् ।

२०७६ साउन ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्