News Portal

काठमाडौंमा दिउँसै लुटपाट, यसरी अपनाउनुहोस साबधानी

मोटिभेटन्यूज संवाददाता
२६१ पटक

काठमाडौं – काठमाडौंका विभिन्न ठाउँमा गरी मंगलबार दिउँसो ३ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका–३ पासीकोटमा डेरा गरी बस्ने कमला घिमिरेको कोठाबाट डेढ तोला बराबर सुनको गहना, १ थान मोबाइल र ७ हजार रुपैयाँ नगद गरी १ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यस्तै गोरखा घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ मा डेरा गरी बस्ने प्रमिला सुनारको कोठाबाट डेढ तोला बराबर सुनका गहना र नगद २३ हजार रुपैयाँ गरी १ लाख १३ हजार रुपैयाँ बराबरको चोरी भएको छ ।

मंगलबार दिउँसो नै काठमाडौंको मैतीदेवीबाट सुनका गहनासहित धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरकिा अनुसार काठमाडौंको ठहिटी घर भइ मैतीदेवीमा डेरा गरी बस्ने अविरल बज्राचार्यको कोठाबाट २ तोला बराबर सुनका गहना र १० हजार नगद गरी १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चौरी भएको छ ।

चोरीमा संलग्न व्यक्ति भने फरार छन् । प्रहरीले चोरीमा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।

२०७६ साउन ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्