News Portal

सिन्धुलीको दुधौली खोलाको पुल भासियो, गाडी चलाउन रोक

राससकाठमाडौं
३०४ पटक
काठमाडौं

भदौ १७ सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ। लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो।

पुल भाँसिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ। बाढीका कारण वैकल्पिक राजमार्गअन्तर्गत कटारी–दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएपछि अहिले चार पाङग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

पुलमा सवारी चलाउँदा दुर्घटनाको सम्भावना रहेकाले सवारी सञ्चालनमा रोक लगाइएको दुधौली नगरपालिका–८ का वडाध्यक्ष मोहनचन्द्र दाहालले जानकारी दिए। पुलको पिल्लर भासिएपछि पुल नै लच्किएकाले अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत सवारीसाधन नचलाउन नगरपालिकाले अनुरोध गरेको छ।

सडक विभागलाई छिट्टै डाइभर्सनको व्यवस्था मिलाइ आवतजावतमा सहज बनाउन माग गरिएको स्थानीय कपिल खड्काले बताए।

आर्थिक वर्ष २०६२/६३ मा प्रजुना निर्माण सेवाले ठेक्का लिर्इ सम्पन्न गरेको पुल भाँसिदा दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्। २० मिटर लम्बार्इ रहेको पुल २० लाख रुपैयाँ बराबरको लागतमा निर्माण भएको थियो।

ad

२०७५ भदौ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्