News Portal

एसिया कप छनोट : सिंगापुरद्वारा नेपाललाई १५२ रनको लक्ष्य

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२१ पटक
काठमाडौं

भदौ १७ काठमाडौं –एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटमा सिंगापुरविरुद्धको खेलमा नेपालले १५२ रनको लक्ष्य पाएको छ । मलेसियाको यूकेएम ओभलमा भएको खेलमा सिंगापुरले ४२ ओभर खेल्दै सबै विकेट गुमाएर १५१ रन बनाएको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले १५१ रन बनाउने क्रममा सिंगापुरका चेतन रामचन्द्र सूर्यवंशीले अर्धशतक पूरा गरेका थिए ।

उनले ८८ बल खेल्दै ६० रन बनाएका हुन् । त्यस्तै, सिंगापुरका अनिस एडवार्ड रामले ३१ रन बनाएका थिए भने कार्थिकेयन सुप्रमिनीयमले २० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

सिंगापुरलाई १५१ रनमै समेट्न नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । सिंगापुरविरुद्ध एसिया कप छनोटमा पहिलो खेल खेल्ने अवसर पाएका ललित नारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । ललित र सन्दीप लामिछानेले समान ३—३ विकेट लिएका थिए । त्यस्तै, नेपालका लागि सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।

२०७५ भदौ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्