News Portal

साथीकाे जमानी बस्दा रामेछापको दिल बहादुर यसरी फसे साउदीमा, नेपाल फर्किन पाउँ भन्दै मागे गुहार

ज्ञानु श्रेष्ठकाठमाडौं
२६३७ पटक
काठमाडौं

भदौ १७, रामेछाप – रामेछाप खाडादेवि ९ पिङ्खुरीका दिल बहादुर श्रेष्ठ साथिकाे जमानि बसेका कारण साउदीमा १ बर्षदेखि अलपत्र परेका छन । वैदेशिक राेजगारीकाे सिलसिलामा ४ बर्षअघि साउदी पुगेका श्रेष्ठलाई सहकर्मी यमनी नागरीक AlI Mi Jayea Gayed ले साउदी रियल ३६ हजार बराबरकाे रिचार्ज कार्डकाे रकम भुक्तानीकाे लागि अरबि भाषामा लेखिएको कागजमा सहिछाप गराई जमानि राखेर चेक दिएका थिए । यसरी यमनी नागरिकले दिएकाे चेक श्रेष्ठले केहि समयपछि भुक्तानि गर्न जादा चेक बाउन्च भै सकेकाे जानकारी पाएका थिए ।

बाउन्च भएकाे चेक पाएपछि साउदि टेलिकमले श्रेष्ठ उपर रकम भुक्तानीका लागि मुद्दा दिएकाे थियाे । यमनी नागरिक भने श्रेष्ठलाई जमानि राखेर सम्पर्क विहिन भएका छन् । साउदी अदातलले एक बर्ष अघि श्रेष्ठलाई साउदी बाहिर जान राेक लगाएकाे छ । केहि महिना अघिमात्र भुक्तानी गर्ने समयसीमा ताेकेकाे पिडित श्रेष्ठले बताउए ।

अदालतले दिएकाे समयसिमा सकिन अब १५ दिन मात्र बाकी रहेकाे बताउदै  उनले नेपालमा फर्काउन सहयाेगका लागि अनुरोध गरेका छन् । श्रेष्ठलाई यमनि नागरिककाे जमानी बस्दा अाफु फसेपछि २०७४ चैत्रमा नेपाल स्थित कन्सुलर सेवा विभागलाई जानकारी समेत गराएकाे जनाएकाे छ । श्रेष्ठ हाल साउदीकाे रियादस्थित DRIVE 7 काम गरिरहनु भएकाे छ । २३ बर्षकाे कलिलो उमेरमा साउदीमा यसरी फसेकाे जानकारी पाएका उनका दाइ हाेम बहादुर श्रेष्ठ भाइलाइ नेपाल फर्काउन सहयाेग संकलनमा जुट्नु भएकाे छ । परीवारकाे अार्थिक अवस्था बलियो बनाउने अनि सुखका साथ परिवार पाल्ने सपना देखेर १९ बर्षकै उमेरमा साउदी पुगेका दिलकुमार लाई नेपाल फर्काउन साउदी रियल ३६ हजार जुटाउन पारीवारकाे अार्थिक अवस्थाले नभ्याए पछि दाइ हाेम बहादुरले सहयाेगका लागि अनुराेध गर्दै काठमाडौं काेटेश्वरमा सिटिजन बैकमा राहरि श्रेष्ठ र हाेमबहादुर श्रेष्ठको नाममा रहेकाे संयुक्त 0090000633CS खातामा जम्मा गरिदिन अनुराेध पनि गर्नु भएकाे छ । साथै 9851160160 मा सम्पर्क गरेर पनि सहयोग गर्न सक्नु हुनेछ।

२०७५ भदौ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्