News Portal

बम विस्फोटन गराउने तीन जना पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८४ पटक
काठमाडौं

भदौ १४, विराटनगर – मोरङको विराटनगर महानगरपालिकामा तीन साता अगाडी बम विस्फोटन गराउने तीन जनालाई पक्राउ गरेको छ। जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकर्ताहरु पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई आइतवार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले बताए। दुई जनालाई सिराहा र एक जनालाई मोरङबाट पक्राउ गरिएको हो।

गत साउन २७ गते आइतवार दिउँसो करिब २ बजेतिर बम विस्फोट भएको हो। नगरपालिकाका मेयरको आगन्तुक कक्षमा बम विस्फोट हुँदा कार्यालयमा सामान्य क्षति पुगेको थियो।

२०७५ भदौ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्