News Portal

पूर्व बाललडाकु बिष्टलाई फर्काउनुको कारण खुलाई तत्काल जवाफ दिन सरकारलाई सर्वोच्चको आदेश

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९० पटक
काठमाडौं

भदौ १७ काठमाडौं – सर्वोच्च अदालतले थाइल्यान्ड जान लागेका बेला त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्व माओवादीका बाललडाकु लेनिन बिष्टलाई फर्काउनुको कारण खुलाएर तत्काल जवाफ दिन आदेश गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजालाशले बिष्टलाई फर्काउनु पर्नाको पर्याप्त आधार खुलाएर मिति तोकेरै जवाफ दिन गृह,प्रधानमन्त्री कार्यालय र अध्यागमन कार्यालयको नाममा यस्तो आदेश जारी गरेको हो।

अन्तर्राष्ट्रिय कार्यक्रमबाट बिना कारण फर्काइएको भन्दै विष्टले भदौ १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अन्तर्राष्ट्रिय कार्यक्रममा जान लागेका माओवादीका पूर्व बालसैनिक बिष्टलाई भदौ ८ गते विमानस्थलबाटै फर्काइएको थियो।

२०७५ भदौ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्