News Portal

कालिकोटको रास्कोटमा बन्ने भयो १५ शैयाको डिजिटल अस्पताल, यस्तो छ तयारी ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५५० पटक
काठमाडौं

कालिकोट –  कर्णाली प्रदेशको कालिकोट जिल्ला स्थित रास्कोट नगरपालिकामा १५ शैयाको सामुदायिक अस्पताल बन्ने भएको छ । दशैँ लगत्तै सेवा सुचारु गर्ने गरि काम भइरहेको संचालक समितिले जनाएको छ ।

रास्कोट सामुदायिक अस्पताल संचालक समितिका अध्यक्ष तुलाराज सिम्खाडाले अस्पताल निमार्णका लागि पुर्वाधार विकास भईरहेको र दशै लगत्तै अस्पतालले सेवा सुरु गर्ने बताए । अस्पताल अहिले चलिरहेको आयुर्वेदिक अस्पतालको भवनमा संचालन हुने बताइएको छ ।

मोटिभेट न्यूजसंग कुरा गर्दै अध्यक्ष सिमखाडाले नेपालको संविधानमा हरेक स्थानिय तहहरुमा १५ शैयाको अस्पताल अनिवार्य हुनु प्रर्ने प्रवाधान रहेको र सोही अनुसार आफूले पहल कदमी लिएको बताए । उनले भने, ‘रास्कोट नगरापालिका बन्न भन्दा पहिला देखिनै हामीले जिल्ला अस्पतालसंग अनुमति लिएर काम अगाडी बढाएका थियौँ, अहिले सरकारले पनि साथ दिएको छ ।’

सिमखाडाले अगाडी भने, ‘अहिले औषधिको अभावमा ग्रामिण क्षेत्रका जनताले अकालमै ज्यान गुमाउनु परेको तितो यर्थातलाई मध्यनजर गर्दै रास्कोटमा अस्पताल स्थापना गर्न लागिएको हो ।’ यो अस्पताल कम्पनीमा दर्ता भएपनि नाफामुलक नभएर गैर नाफा मुलक हुने उनको भनाई छ ।

उनले अस्पताल नाफा मुलक नभएर गैर नाफा मुलक हुने भन्दै यसको हरेक दातृनिकायहरु सहित स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको पनि सहयोग रहने बताए । विधानमा पनि सरकारी पनि नहुने गरि र प्राइभेट पनि नहुने तर सामुदायिक अस्पताल नाम रहने वताउदै कालिकोट पहिलो पटक यस्तो अस्पतालको स्थापना गर्न लागिएको उनको भनाई छ ।

तत्काल ओपिडी सेवा सुरु गरेर एम.वि.विएस डक्टरले  सेवा दिने र करिब ३ बर्षसम्म विशेषज्ञ सेवा सहित गम्भिर प्रकृतिका अप्रेशन गर्ने गरि तयारी गरिरहेको डा. मुकुल ढकालले बताए । अस्पताल पूर्ण डिजिटल हुने भन्दै कालिकोटका सबै नागरिकले गुर्णस्थरिय सेवा रास्कोटमै पाउने ढकालको भनाई छ । उनी काठमाडौँमा रहर ब्यबस्थापन गरिरहेको टिमको नेतृत्व गरिरहेका छन्  ।

२०७५ भदौ १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्