News Portal

भारतविरुद्धको चौथो टेस्टमा इंग्ल्याण्ड ६० रनले विजयी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५५ पटक
काठमाडौं

भदौ १८, काठमाडौं –भारतविरुद्धको चौथो टेस्टमा ६० रनको जित निकालेसँगै इंग्ल्याण्डले पाँच टेस्टको श्रृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ ।

अाइतबार राति भारत १८४ रनमा अल आउट भएको थियो । सन् २००७ मा राहुल द्रविडको कप्तानीमा भारतले इंग्ल्याण्डमा टेस्ट श्रृंखला जितेको थियो ।

त्यस यता भारतले इंग्ल्याण्डमा टेस्ट श्रृंखला जित्न सकेको छैन । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा २४६ रन बनाएको थियो ।

भारतले पहिलो पारिमा चेतेश्वर पुजाराको शतकको मद्दतले २७३ रन बनाए पछि २७ रनको अग्रता लिएको थियो । तर इंग्ल्याण्डले दोस्रो पारीमा २७१ रन जोडेपछि भारतले २४५ रनको लक्ष्य पाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा भारतका कप्तान विराट कोहलीले ५८ तथा अजिंक्य रहाणेले ५१ रन बाहेक अरुले उत्कृष्ट पारी खेल्न सकेनन् ।

भारतले अन्तिम ७ विकेट जम्मा ६१ रन जोड्दा गुमाएपछि हार्न बाध्य भयो । भारतलाई रोक्ने क्रममा इंग्ल्याण्डका मोइन अलिले सर्वाधिक ४ विकेट लिएका थिए ।

अब अन्तिम टेस्ट ११ सेप्टेम्बरदेखि शुरुहुने छ ।

२०७५ भदौ १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्