News Portal

भलुवाजोर जनहितकारी समाजको ८ औँ साधारणसभा सम्पन्न

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०० पटक
काठमाडौं

भदौ १८, काठमाडौं – भलुवाजोर जनहितकारी समाजले ८ औँ साधारणसभा सम्पन्न गरेको छ । राजधानीको टेष्टी क्याफेमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेल र ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेलले ८ वटा मैनवत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष ढुङ्गेलले युवालाई उद्यमी बनाउने किसिमका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै आफ्नो तफृबाट सहयोग गर्ने बचन दिए । प्रदेशसभा सदस्य पौडेलले आत्मनिर्भरको बाटोमा अगाडी बढ्न आफ्ना उत्पालन उपभोग गर्ने बानीको विकास गर्नुपर्ने बताए ।

संस्थाले साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रम १७ जनाले रक्तदान गरेका थिए  । साधारणसभा मार्फत संस्थाले आगामी दिनमा सहकारीको माध्यमबाट गरिबी निवारणका कार्यक्रम सञ्चालन गर्ने योजना पनि पारित गरेको छ । साधारण सभाकै अवसरमा संस्थामा आवद्ध हुन चाहने नयाँ सदस्यलाई संस्थाका अध्यक्ष कमल बसेलले स्वागत गर्दै परोपकारी काममा हातेमालो गर्न सबैलाई आग्रह गरे ।

२०७५ भदौ १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्