News Portal

चिकित्सकको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन गर्छ – सभापति देउवा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१०७४ पटक
काठमाडौं

भदौ १८,चितवन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको पनि समर्थन रहेको बताएका छन् ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले आज विहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उनीहरुका जायज माग सम्वोधन हुनुपर्ने बताए । तपाईं नै प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरुसँग छलफल र परामर्श गर्नु भएन भन्ने पत्रकारको जिज्ञासामा सभापति देउवाले छलफल गरेर नै ल्याएको प्रतिक्रिया दिए ।

देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।

२०७५ भदौ १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्