News Portal

यस्तो रह्यो सुरेन्द्र महर्जन ‘अमर’ एकल सृजना साँझ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४९९ पटक
काठमाडौं

काठमाडौं – नेपाली भाषा, साहित्य र चित्र कला क्षेत्रमा तीन दशकभन्दा बढी समर्पित रहेर निरन्तर भाषा, साहित्य र कला क्षेत्र आफ्नो कर्म ठान्ने कवि, गीतकार, चित्रकार गायक एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ एकल सृजना साँझ–२०७५ सम्पन्न भएको छ ।

कार्यक्रममा सुरेन्द्र महर्जन ‘अमर’ द्वारा रचना गरिएको एक दर्जनभन्दा बढी गीतहरू विभिन्न गायक र गायिकाहरूबाट कार्यक्रममा गायन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा अमरद्वारा रचना गरिएको गीतहरूको म्युजिक भिडियो  र स्वयं रचनाकार महर्जन ‘अमर’ द्वारा आफैँ बनाइएका चित्रकारीताका विभिन्न सृजनाका आर्टहरू, महर्जनद्वारा रचित एवं गाएका गीतहरू, कविता, हाइकु, तान्का, मुक्तक, उपन्यासका पंक्तिहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

एकल सृजना साँझमा एन शाक्य, संगीता रायमाझी, सोनी राजभण्डारी, ईन्टरटेनर राजु श्रेष्ठ, सुरेन्द्र महर्जन, मुना रोक्का, बबी दाहाल लगायत एक दर्जनभन्दा बढी गायक र गायिकाहरूबाट कार्यक्रममा अमरद्वारा रचना गरिएका गीतहरू अन्जु पन्त, मिलन अमात्य, शिव परियार, बानीका प्रधान, रिमा गुरुङ होडा, महेश सेवा, योजना पुरी, सुमित्रा सुनुवार, सविन लिम्बु, मदनकृष्ण श्रेष्ठ, सोनी राजभण्डारी, राम अवाले, सुरेन्द्र महर्जन, दिना थामी, रमण थामी, शान्ता कार्की, रानु कार्की, कर्म ग्याल्छेन बम्जन, ममता पोखरेल गौतम, शिखा भारती, राजु श्रेष्ठ, लगायतका एक दर्जनभन्दा बढी गायक र गायिकाहरूबाट अमरका रचनामा गाएका सुन्दर गीतहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

सृजनाकार अमरका सुन्दर चित्रण कार्यक्रम स्थलमा प्रदर्शनी गरिएको थियो भने गायक र गायिका मात्र नभएर कार्यक्रममा उपस्थित साहित्यकारहरूले अमरद्वारा रचना गरिएका गीत, कविताहरू उद्घोषण गरिएको थियोे ।

२०७५ भदौ १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्