News Portal

सूर्य चिह्न लिएर चुनाव लडेका सांसद हृदयेश त्रिपाठी विधिवत रुपमा नेकपामा प्रवेश

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१२६० पटक
काठमाडौं

साउन ३१ काठमाडाैं – गएकाे प्रतिनिधि सभाकाे चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका सांसद हृदयेश त्रिपाठी विधिवत रुपमा नेकपामा प्रवेश गरेका छन् ।

नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी ५००१ मतान्तरले विजयी हुनुभएको थियाे । त्रिपाठीले ३८ हजार ५ सय ९२ मत ल्याएका थिए  भने उनका प्रतिस्पर्धी कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत ल्याएका थिए ।

सूर्य चिह्न लिएर चुनाव लडेका बृजेश गुप्तालगायत अन्य केही नेताहरु पनि अाधिकारिक रुपमा नेकपामा प्रवेश गरेका नेकपाका सांसद तथा नेतृ रामकुमारी झाँक्रीले  दिइन्  ।

बिहीबार बिहान नेकपाकाे पार्टी कार्यालय धुम्बाराहीमा त्रिपाठीसहित जवप्रवेशी नेताहरुलार्इ नेकपाका अध्यक्षद्वय केपी शर्मा अाेली र पुष्पकमल दाहालले स्वागत गरेका थिए  ।

त्रिपाठी गएकाे प्रतिनिधि सभाकाे चुनावमा सूर्य चिह्न लिएर लड्नुअघि राष्ट्रिय जनता पार्टीमा अावद्ध थिए । चुनाव अगाडि उनले राष्ट्रिय जनता पार्टी त्याग गरेका थिए  ।

२०७५ साउन ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्