News Portal

कञ्चनपुर घटना सेलाउन नपाउँदै कैलालीमा अर्की १३ वर्षीया बालिका बलात्कृत,अभियुक्तको बयान – ‘मरी भनेर छाडेँ’

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१४४७ पटक
काठमाडौं

भदौ १८, धनगढी – कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कैलालीमा अर्की १३ वर्षीया किशोरी आफन्तबाटै बलात्कारको शिकार भइन् ।कैलालीको घोडाघोडी नगरपालिका– ६ का ३२ वर्षीय हरिषबहादुर कुँवर आफ्नै नाता पर्ने १३ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।उनले यही भदौ १३ गते राति ती किशोरीलाई बलात्कार गरेको आरोप छ । विशेष सुराकीका आधारमा आइतवार साँझ ७ बजे लम्की चुहा नगरपालिका–१० चुहाबाट पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

अभियुक्त कुँवरकी छोरी र पीडित बालिका स्थानीय स्कूलमा कक्षा ७ मा सँगै पढ्छन् । अभियुक्त र पीडित बालिकाका बुवाबीच मामाभाञ्जाको नाता पर्ने हुन्। बुवाआमा पहाड घर अछाम गएका थिए । ‘त्यही मौका छोपेर राति १० बजे घरमा प्रवेश गरेका कुँवरले बालिकाकै सलले दुवै हात बाँधेर मुखमा कपडा कोची जवर्जस्तीकरणी गरे’, प्रहरी उपरीक्षक घिमिरले भने– ‘करणीपश्चात बालिका बेहोस् भएपछि मरी भनेर छाडेर कुँवर घर गएका रहेछन् ।’

घटनालाई गाउँघरमै मिलाउने प्रयास भएको सूचना पाएपछि जिल्ला प्रहरीले नै सो मुद्दा हेरिरहेको छ । हाल पीडित बालिकाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । बलात्कारका क्रममा बलात्कारीको दाँतले बालिकाको गालामा चोट समेत लागेको प्रहरी उपरीक्षक घिमिरेले बताए । उनलाई थप उपचार र मनोपरामर्शका लागि ओरेक नेपालको सेफ हाउसमा राखिएको छ । प्रहरीले कुँवरविरुद्ध जबर्जस्तीकरणीको मुद्दा चलाएको छ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ख) बमोजिम १४ देखि १६ वर्षसम्म कैद र २२८ बमोजिम क्षर्तिपूर्ति भराउने व्यवस्था छ ।

२०७५ भदौ १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्