News Portal

रिहा भएको केही मिनेटमै अदालत परिसरबाट प्रकाण्ड फेरी पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९४ पटक
काठमाडौं

भदौ १९, नुवाकोट – सर्वोच्च अदालतको आदेशले रिहा भएका नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएको केही मिनेटपछि नै प्रहरीले पक्राउ गरेको छ ।

सोमबार सर्वोच्चको आदेशपछि  जिल्ला अदालत नुवाकोटको रोहबरमा रिहा भएका प्रकाण्डलाई प्रहरीले अदालत परिसरबाट नै पक्राउ गरेको हो । प्रकाण्डलाई बेलकोगडी नपा–९ मा गएको साउन ७ गते राती दुईवटा स्काभेटर  जलाएको आरोपमा पक्राउ गरि भदौ ८ गते नुवाकोट ल्याइएको थियो ।

जिल्ला न्यायधीश ऋषिकेश वाग्ले उपस्थितीमा रिहा भएका विश्वकर्मालाई अदालतको गेटमा बसिरहेका प्रहरीले तत्काल पक्राउ गरेको हो ।

विश्वकर्मालाई गएको चुनावमा हाल प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको चुनावी अभियानको टोलीमााथि भोजपुरको पिखुवा खोलामा गोली हानेको अभियोगमा उजुरी परेकोले भोजपुर पठाइएको प्रहरीले जनाएको  छ ।

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्