News Portal

अदालत गेटबाटै पुनः पक्राउ परे प्रकाण्ड, के छ भोजपुर तिरको मुद्धा ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५८४ पटक
काठमाडौं

नुवाकोट –  सर्वोच्च अदालतको आदेशपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड फेरी पक्राउ परेका छन । जिल्ला अदालत नुवाकोटले छाडे लगत्तैको उप्रहरीले पुनः पक्राउ गरि भोजपुर लगेको छ ।

स्काभेटर जलाएको आरोपमा काठमाडौँमा भदौ ७ गते पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आइतबार चौथोपटक अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोटले तीन दिन म्याद थप गरेको थियो । अदालतबाट वाहिरीने क्रममा प्रकाण्डले संचारकर्मीहरुसँग सरकारले आफुलाई फसाउने नियतले आफुविरुद्ध मुद्धा दर्ता गरेको बताएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

संचारकर्मीसँग निकै शालिन मुद्रामा प्रस्तुत भएका प्रकाण्डले भने “मैले गर्दै नगरेको काम सरकारले जबरजस्ती गरेको आरोप लगाउँदै छ । गरेको भए त मलाई अदालतले पनि त सफाइ दिँदैनथ्यो होला नी ।”

बेलकोटगढी नपा–९ देविस्थानस्थित सडकमा राखिएको बा२क ४८९३ र बा१क ६८८८ स्काभेटरमा गत साउन ७ गते राति आगजनी गरी क्षति पु¥याई फरार रहेको भनी विप्लव, प्रकाण्डसहित १५ जना विरुद्ध उजुरी दर्ता भएको छ ।

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्