News Portal

आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४६४ पटक
काठमाडौं

भदौ १९, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल भदौ १९ गते। मंगलबार। इश्वी सन् २०१८ सेप्टेम्बर ४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– नवमी, १३:३४ बजेउप्रान्त दशमी। नक्षत्र– मृगशिरा, १६:२२ बजेउप्रान्त आर्द्रा। योग– वज्र, १०:२० बजेउप्रान्त सिद्धि। करण– गर, १३:३४ बजेदेखि वणिज, २४:२९ बजेउप्रान्त भद्रा। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ५:४४ बजे, सूर्यास्त– १८:२० बजे र दिनमान ३१ घडी २९ पला। ललितपुरमा भीमयात्रा। गुँगा नवमी। अगस्ति उदय (काठमाडौं समान २७ं।४२’ उत्तरी अक्षदेशमा) २८:०६ बजे।

मेष– विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
वृष– आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मिथुन– कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कर्कट– स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् ।
सिंह– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला ।
कन्या– विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ ।
तुला– सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ ।
वृश्चिक– बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।
धनु– आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बधाउन सक्छ। (
मकर– गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ ।
कुम्भ– बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।
मीन– परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ ।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्