News Portal

उत्तम सञ्जेलको डवल विवाह, पाहुना विदा भएपछि तडक-भडक

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१०७० पटक
काठमाडौं

काठमाडौँ – तीन सय रुपैयाँमा विवाह गरेको भनेर प्रचार गरेका उत्तम सञ्जेलको कर्तुत बाहिर आएको छ ।

सस्तो विवाहमा सहभागी पाहुनालाई विदा गरी उनी फेरि जग्गेमा बसेको फोटो सामाजिक संजालमा छ्यापछ्याप्ती भाइरल भएको छ । आफ्ना विशिष्ट मानिएका पाहुनालाई विदाई गरी उनले पुरानै परम्पराको भड्किलो विवाह समारोह गरेका छन ।

४१ वर्षको उमेर वैवाहिक बन्धनमा बाँधिएका सञ्जेललाई उदाहरणीय काम गरेको भन्दै धेरैले बधाइ समेत दिएका थिए । तर सायद त्यो धेरै टिकेन । पशुपति क्षेत्रको गुहेश्वरीमा विवाह समारोहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरु समेत पुग्न भ्याएका थिए ।

दुलाहा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएको देखिएको थियो । सञ्जेलका अनुसार २ सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेर तीन सयमा विवाह सकिएको थियो ।

तर पछिको तस्वीरमा पुरोहित सहितको जग्गेबाट धुमधामले गरिएको विहेको चित्र सार्वजनिक भएको छ । पछि उनी आफैंले सो कुरा स्वीकार गर्दै संस्कृतिलाई मिच्न नसकिने बताएका छन् ।

तीन सय रुपैयाँको विवाह–तस्वीर

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्