News Portal

नेपाललाई चौथौं झड्का , अनिलपछि ज्ञानेन्द्र पनि आउट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५९ पटक
काठमाडौं

भदौ १९, काठमाडौं – मलेसियामा जारी एसीसी एसिया कप छनोट अन्तर्गत पाँचौ खेलमा अहिले नेपाल हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।   नेपाललाई अहिले चौथौं झड्का लागेको छ। दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए भने नेपालका ओपनर अनिल शाह ४२ बल खेल्दै १५ रनमा आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्ल पनि २६ बलमा १२ रङ बनाएर आउट भएका छन्।

मलेसियाको यूएम वाइएसडी स्टेडियममा नेपालका ओपनर सुबास खकुरेल शून्य रनमा आउट भएका थिए ।

एकपछि अर्का भरपर्दा ब्याटसम्यान गुमाएपछि नेपाल दबाबमा छ । चिसो मैदानका कारण ढिलोगरी सुरु गरिएको खेलमा हङकङले उत्कृष्ट बलिङ गरिरहेको छ ।

नेपाललाई फाइलनमा स्थान बनाउँदै एसियाकपमा छनोटको सम्भावना कायम राख्न हङकङलाई जित्नैपर्ने हुन्छ । अर्काे खेलमा ओमानले यूएईलाई पराजित गरे मात्रै नेपालको अघि बढ्ने सम्भावना रहन्छ ।

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्