News Portal

नेपाललाई सातौं झड्का, कामी शुन्यमै आउट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६९ पटक
काठमाडौं

भदौ १९, काठमाडौं – मलेसियामा जारी एसीसी एसिया कप छनोट अन्तर्गत पाँचौ खेलमा अहिले नेपाल हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।   नेपाललाई अहिले पाचौं झड्का लागेको छ। पहिलो विकेटको रुपमा ओपनर सुबास खकुरेल शून्य रनमा आउट भएका थिए भने दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए भने नेपालका ओपनर अनिल शाह ४२ बल खेल्दै १५ रनमा आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्ल पनि २६ बलमा १२ रङ बनाएर आउट , दिपेन्द्र सिंह ऐरी ६ बलमा २ रन र सागर पुन ९ बलमा ७ रन  बनाएर आउट  भएका छन्। त्यस्तै सोम्पाल कामी १२ बलमा शुन्य रनमै  आउट भएका छन्। यो समाचार तयार पार्दा सम्म नेपालले ७ विकेट गुमाएर ६९ रन बनाएको छ।

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्