News Portal

नेपालको फितलो प्रदर्शन, हङकङ सामु ९६ रनको लक्ष्य

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९९ पटक
काठमाडौं

भदौ १९, काठमाडौं – मलेसियामा जारी एसीसी एसिया कप छनोट अन्तर्गत पाँचौ खेलमा अहिले नेपाल हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।   निरन्तर रुपमा सबै विकेट गुमाउँदै ३७.५ खेलेर नेपालले हङकङलाई यो लक्ष्य दिएको हो ।

पहिलो विकेटको रुपमा ओपनर सुबास खकुरेल शून्य रनमा आउट भएका थिए भने दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए भने नेपालका ओपनर अनिल शाह ४२ बल खेल्दै १५ रनमा आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्ल पनि २६ बलमा १२ रङ बनाएर आउट , दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने २ रन र सागर पुन ९ बलमा ७ रन  बनाएर आउट  भएका छन्। त्यस्तै सोम्पाल कामी १२ बलमा शुन्य रनमै  आउट हुदाँ  बसन्त रेग्मी १५ रनमा नटआउट रहे।

नेपाललाई अलआउट गर्न हङकङका एहसान खानले ७.५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए। यस्तै तनवि अफजल र अइजाज खानले २-२ विकेट लिए।

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्