News Portal

पूर्व मुख्यसचिव सुवेदीलाई दिने तयारी गरिएको प्रवल जनसेवा श्री पदक खोसियो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०५ पटक
काठमाडौं

भदौ १९, काठमाडौं– सरकारले पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई दिने तयारी गरिएको प्रवल जनसेवा श्री पदक नदिने भएको हो । २०७४ सालको गणतन्त्र दिवसमा सुवेदीलाई प्रसिद्ध प्रवल जनसेवा श्री पदक दिने निर्णय भएको थियो । तर गृह मन्त्रालयले भने सुवेदीलाई दिने घोषणा भएको प्रवल जनसेवा श्री पदक नदिने निर्णय गरेको थियो ।

एकै व्यक्तिले तीन वर्षमा दुई पटक पदक लिन नपाइने व्यवस्था अनुसार प्रधानमन्त्री कार्यालयको दिर्नेशन अनुसार गृहमन्त्रालयले पदक पाउने सूचीबाट सुवेदीको नाम हटाएको गृहमन्त्रालयका एक अधिकारीले बताए । पदक आज(मंगलबार) राष्ट्रपति कार्यलयमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्ने कार्यक्रम छ ।

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्