News Portal

एसिया कप छनोट सपना समाप्त, सन्दीप चम्किँदा पनि नेपाल हङकङसंग ३ विकेटले पराजित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०६ पटक
काठमाडौं

काठमाडौँ – मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट अन्तर्गत नेपालसँगको खेलमा हङकङको ३ विकेटले विजयी भएको छ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम खेलमा खराब नतिजासहित एसिया कप छनोटको यात्रा समाप्त गरेको छ । लिग चरणको अन्तिम खेलमा आज हङकङविरुद्ध फराकिलो जित निकाल्ने दबाबमा रहेको नेपाल खराब ब्याटिङका कारण ३ विकेटले पराजित हुन पुग्यो ।

नेपालका सन्दीप लामिछानेले ५ तथा सागर पुन र वसन्त रेग्मीले १ विकेट लिए पनि हार टार्न सकेनन् । प्रतियोगितामा नेपालले दुई खेलमा जित निकालेको थियो । मलेसियासँग १९ रन र सिंगापुरसँग ४ विकेटको जित निकालेको नेपाल ओमानसँग ७ विकेट र युएईसँग ७८ रनले पराजित भएको थियो ।

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्