मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ १९, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासको सम्झौता नभएको बताएका छन् ।
मंगलबार संसदमा प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, सैन्य अभ्यास कहाँबाट आयो ? कसको सैन्य अभ्यास ? मन्त्री भइसकेका माननीयज्यूहरुले पनि यस्तो कुरा गरेको देख्दा छक्क लाग्छ ।’
‘यस्तै कुरा आउँछ भनेर घोषणापत्रै बोकेर बसेको छु । यो गोप्य पनि छैन, बजारभरी छ ।’
संसदमा कांग्रेस सांसदहरुले बिमस्टेक राष्ट्रहरुबीच पुनेमा हुने सैन्य अभ्यासबारे प्रश्न गरेका थिए । सांसद मिनेन्द्र रिजालले सम्मेलन प्राविधिक र आर्थिक विषयको भए पनि सैन्य अभ्यासको निर्णय कसरी आयो भनी प्रश्न गरेका थिए । उनले भने, ‘बहुपक्षीय आर्थिक र प्राविधिक विषयमा सैन्य अभ्यास किन आवश्यक भयो ?’
२०७५ भदौ १९ गते प्रकाशित
