News Portal

साफ च्याम्पियनशिप : पाकिस्तानसंग १ मिनेट सम्हालिन नसक्दा नेपाल पराजित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६५३ पटक
काठमाडौं

भदौ १९, काठमाडौं – १२ अाैं साफ च्याम्पियन्स कप अन्तर्गतकाे नेपाल र पाकिस्तानबीचकाे खेलमा नेपाल १-२ गोलले पराजित  भएको छ  । खेलकाे ८१ अाैं मिनेटमा विमल घर्तीमगरले गाेल गर्दै १-१ काे स्थितिमा पुर्याएका पनि अन्तिम १ मिनेट सम्हालिन नसक्दा नेपाल हार्न पुगेको हो ।

अतिरिक्त समयमा नेपालली खेलाडीहरु सम्हालिन नसक्दा पाकिस्तानलाई २–१ को नजिता सुम्पिन बाध्य भयो । बंगलादेशको बंगबन्धु स्टेडियममा पाकिस्तानविरुद्ध नेपालले १–० ले पछि परेको नतिजालाई उल्ट्याएको थियो । यसअघि खेलकाे ३४ मिनेटमा विराज महर्जनले पाकिस्तानका माेहम्मद रियाजलाइ फल गरेपछि पाएकाे पेनाल्टीमा पाकिस्तानका हसन नाविद बसिरले गाेल गरेका थिए ।

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्