News Portal

कामु प्रधानन्यायाधीश मिश्र विरुद्ध उजुरी दिने समय आज सकिदैं, उजुरीहरु गोप्य

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५४ पटक
काठमाडौं

भदौ २०, काठमाडौं – कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्ध उजुरी दिने समय आज सकिदैं छ । संघिय संसद सचिवालयले कायममुकायम प्रधानन्यायाधीश मिश्र विरुद्ध उजुरी पठाउन गत भदौ ११ गते सर्वसाधारणलाई आह्वान गरेको थियो । सचिवालयद्धारा जारी गरिएको सार्वजनिक सुचनामा उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र सम्पर्क माध्यम स्पष्ट खुलाइ भदौ २० गते कार्यालय समयभित्र आइपुग्ने गरी उजुरी पठाउन आग्रह गरेको थियो ।

आज सम्म म्याद रहेकाले उजुरीकर्ता र उजुरीहरु गोप्य रहने संसदीय सुनुवाइ समितीले जनाएको छ । परिषद्ले गत विहीवार सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मिश्रलाई सर्वसम्मतले सिफारिस गरेको थियो । परिषद्ले वरिष्ठतमलाई सिफारिस गर्ने चलन भएकाले मिश्रलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

यसअघि परिषद्ले सिफारिस गरेको दीपकराज जोशीलाई संसदीय विशेष सुनुवाई समितिले अस्वीकृत गरेको थियो । जोशीविरुद्ध शैक्षिक प्रमाणपत्र र उहाँले गरेका फैसलाहरुको प्रश्न सुनुवाई समितिमा उठेपछि उहाँ अनुमोदन हुनुभएको थिएन ।

मिश्र सुनुवाई समितिबाट स्विकृत भए उमेरहदका कारण आगामी पुस सम्म प्रधानन्यायाधीशमा बहाल हुनुहुनेछ । मिश्रले न्यायाधीशको रुपमा सम्पादन गरेका कार्य, उहाँको व्यक्तिगत र शैक्षिक विवरण लगायतका विबिध विषयमा उजुरी आएको हुनसक्ने समिती सदस्य पार्वत गुरुङले जानकारी दिए । उनले भने– ‘आएका उजुरीउपर छलफल हुन्छ । सबै गोप्य भएकाले अहिले केही भन्न मिल्दैन ।’ सुनुवाई समितिका सदस्य पूर्णाकुमारी सुवेदीले पनि उजुरीबारे अहिले केही भन्न नसकिने बताइन् ।
नेपाल समाचारपत्रबाट

२०७५ भदौ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्