News Portal

रुपन्देहीमा पनि १३ वर्षीया बालिका बलात्कृत,नग्न तस्बिर फेसबुकमा पोस्ट गर्ने धम्की

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३७४ पटक
काठमाडौं

भदौ २०, रुपन्देही – रुपन्देहीमा एक बालिका बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ वर्षीय फिरोज अहमद मुसलमान पक्राउ परेका हुन् ।

बालिकालाई फिरोजले मिठाई खुवाउने प्रलोभनमा पारेर लुम्बिनीको एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।

होटलमा लगेर बलात्कार गरेपछि फिरोजले मोबाइलबाट खिचेको नग्न तस्बिर फेसबुकमा पोस्ट गर्ने धम्की दिँदै गर्दा प्रहरीले ती बालिकालाई उद्धार गरेको प्रहरी निरीक्षक शंकर पोखरेलले बताए  ।

२०७५ भदौ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्