News Portal

सांसद नवराज सिलवालद्वारा बाँदर आतंक रोक्न सरकार समक्ष गुहार

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४२८ पटक
काठमाडौं

भदौ २०, काठमाडौं – नेपाल कम्युनिट पार्टी तथा सत्तापक्षका सांसद नवराज सिलवालले बाँदर आतंक रोक्न सरकारसंग आग्रह गरेका छन्।  ललितपुरको क्षेत्र नम्बर २ बाट संसद बनेका पुर्व डिआइजी समेत रहेका सिलवालले आफ्नो क्षेत्रमा अरुले साँझ परेपछि बाँदर धपाएर छोडेर जाने र त्यो बाँदरले खेतबारी लगायत घरमा पसेर पनि दुख दिने गरेको भन्दै यसलाई रोक्न सरकारसंग  माग  गरेका हुन्।  ललितपुर, काभ्रे, दोलखा रामेछाप लगायतका जिल्लामा बाँदर आतंक रहेको  र  बाँदरको संख्या बढी रहेकोले यसको नियन्त्रण गर्नुपर्ने बताए ।

सभामुखको ध्यानाकर्षण गराउँदै उनले बाँदरले एकप्रकारले आतंक सिर्जना गरेको र किसानहरु अत्यन्त ठूलो हैरानीमा परेको बताए । बाँदरको व्यवस्थापन नगर्ने हो भने किसानहरुले कतिपय जिल्लामा खेतिपाती नै गर्न नसक्ने अवस्था उत्पन्न भएको भन्दै उनले सरकार, सांसद र सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

२०७५ भदौ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्