News Portal

मोदी फर्केको एक साता नबित्दै प्रचण्ड किन जाँदैछन् भारत ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९१५ पटक
काठमाडौं

भदौ २०, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल प्रचण्ड भारत भ्रमणमा जाँदैछन् । पार्टीले स्थायी कमिटी बैठक बोलाएकोले प्रचण्डले  भ्रमण तीन दिन मात्र गर्ने बताएका छन्।  उनले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत भ्रमणमा जान लागेको बताए।

अध्यक्ष प्रचण्डले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकोले सो का लागि थप वातावरण निर्माण गर्न भ्रमण गर्न लागिएको बताए । “दुबै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ ।” उनले भने, “अध्यक्षका नाताले दुबै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालिका बनेको हो, मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।”

पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि उनी पूर्वनिर्धारित कार्यतालिकाको तीन दिन अगावै स्वदेश फर्किने भएका छन् । उनी २६ गते र्फकने तय भएको थियो ।

२०७५ भदौ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्