News Portal

जनप्रतिनिधि काम खोज्दै विदेश तिर लागे, राजीनामा पनि नदिई बहराइन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४५२ पटक
काठमाडौं

पाल्पा – पाल्पाको रभ्भा गाउँपालिका वडा नम्बर ४ का वडासदस्य डेमानसिंह सारु रोजगारी खोज्दै विदेश गएका छन्  । स्थानीय तहको चुनावबाट वडा सदस्यमा निर्वाचित सारु रोजगारीका लागि बहराइन गएको वडा नम्बर ४ का वडाध्यक्ष भोजबहादुर विकले जानकारी दिए  । उनी कुनै जानकारी नगराई र राजीनामा पनि नदिई बहराइन पुगेको विकले बताए ।

जानकारी नै नदिई वडा सदस्य वैदेशिक रोजगारीका लागि गएपछि उनको सेवा सुविधा रोक्का गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताए  ।

वडा सदस्यको वैदेशिक रोजगारीमा हिँडेपछि पुन चुनाव गर्न माग गर्दै गाउँपालिकामा निवेदन परेको छ । तत्कालिन एमालेबाट वडा सदस्यमा निर्वाचित सारु विदेसिएपछि नेपाली कांग्रेस हुमिनले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएरै वडा सदस्यको चुनाव गर्न माग गरेको छ ।

राजीनामा नआई चुनाव गर्न नमिल्ने भन्दै अध्यक्ष भण्डारीले भने , ‘उनको बारेमा सोधपुछ गरिरहेका छौं ।’ गएको माघमै सारु बहराइन गएको स्थानीय बासिन्दाको भनाइ छ ।

यसअघि प्यूठानको स्वर्गद्वारी नगरपालिका १ का वडा सदस्य कोचिवाङका नारायण पुन मगर पनि काम खोज्दै कुवेत गएका  थियो ।

२०७५ भदौ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्