News Portal

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूची !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७१२ पटक
काठमाडौं

भदौ २०, काठमाडौं – नेपाल आयल निगमले फेरी पनि  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ बढाएको हो ।

आयल निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रि वितरण हुनेछ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले बढाएर १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। निगमकाे संचालका समितिकाे बैठकले मूल्य बढाउने निर्णय गरेकाे हाे।

पछिल्लो पटक वृद्धि भएको मूल्य बुधबार राती १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ। भारतीय आयल निगमले मूल्यवृद्धि गरेसँगै नेपालमा पनि मूल्यवृद्धि गरिएको हो।

२०७५ भदौ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्