News Portal

आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९९ पटक
काठमाडौं

भदौ २१ , काठमाडौं – पञ्चाङ्ग, वि.सं. २०७५ साल भदौ २१ गते। बिहीबार। इश्वी सन् २०१८ सेप्टेम्बर ६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– एकादशी, ९:०० बजेउप्रान्त द्वादशी। नक्षत्र– पुनर्वशु, १३:१९ बजेउप्रान्त तिष्य। योग– वरियान्, २५:२६ बजेउप्रान्त परिघ। करण– वालव, ९:०० बजेदेखि कौलव, १९:४८ बजेउप्रान्त तैतिल। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– मिथुन, ७:४३ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:१८ बजे र दिनमान ३१ घडी २१ पला। अजा एकादशी व्रत।

मेष– रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ।
वृष– आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिनेछ ।
मिथुन– व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । कमजोरी लुकाउँदा पछि परिनेछ ।
कर्कट– आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ ।
सिंह– आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ ।
कन्या– आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
तुला– विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
वृश्चिक– प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ ।
धनु– श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन ।
मकर– नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ ।
कुम्भ– प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ ।
मीन– हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला ।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ भदौ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्