News Portal

प्रेरक प्रसंग : द्रौपदीको महानता, जसले शत्रुलाईपनि बचाइन्

मोटिभेटन्यूज संवाददाता
२४८ पटक

पाँच पुत्रहरु अश्वत्थामाको हातबाट मारिएपछि द्रौपदी अति दुःखी भएर रुन लागिन् । उनलाई सान्त्वना दिन अर्जुनले अश्वत्थामालाई पके्रर ‘यिनलाई के दण्ड दिऊँ ?’ भनेर सोधे ।

त्यो बेला करुण हृदय भएकी द्रोपदीले भनिन्– ‘हे पतिदेव, म एउटी आमा हुँ । आमाको निम्ति सन्तानको मृत्यु हुन्छ भन्ने कुरा मैले अहिले भोगिरहेको छु । जुन पीडा मैले भोग्दै छु,

त्यो पीडा संसारका कुनै पनि आमाले विपनामा त परै जाओस् स्वप्नमा पनि भोग्नु नपरोस् भनेर म भगवान्सँग प्रार्थना गर्दछु । तसर्थ यी गुरुपुत्रलाई छाडिदिनुहोस् । मलाई अहिले जुन पुत्रशोक परेको छ, म यिनकी आमालाई पनि त्यस्तै शोक परेको हेर्न चाहन्नँ ।’

द्रौपदीको यस्तो करुणायुक्त पुकार सुनेर त्यहाँ भएका सबै जना छक्क परे । सबैले ‘वाह वाह’ भँदै उनको प्रशंसा गरे । अश्वत्थामालाई समेत हुनसम्को पछुतो भयो ।

अन्त्यमा अष्टचिरञ्जीवीमध्येका अश्वत्थामालाई निधारमा चोट लगाएर छाडियो । लज्जाबोधले पलपल मद्र्रै भए पनि उनी युगौँयुगसम्म बाँच्न विवश भए ।

२०७६ कात्तिक ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्