News Portal

एकपछि अर्को गर्दै भारतका विशिष्ट व्यक्ति नेपालमा, आज पूर्वप्रधानमन्त्री एचडी आउँदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४६९ पटक
काठमाडौं

भदौ २१ , काठमाडौं – केहि दिन यता भारतका शीर्ष नेताहरु नेपालमा तीर्थाटनका लागि आउने गरेका छन् । यसकै निरन्तर आज साँझ भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडा काठमाडौं आउँदै छन् । नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने र भारतीय पूर्वप्रधानमन्त्री देवगौडा नेपाल आउनुलाई संयोग मात्रै मानिएको छ ।

‘भारतका पूर्वप्रधानमन्त्री देवेगौडाजी आज साँझ नेपाल एयरलाइन्सको उडानबाट ९ बजे काठमाडौं आउँदै हुनुहुन्छ, यो उहाँको नितान्त व्यक्तिगत र धार्मिक भ्रमण हो’ भ्रमणको संयोजन गरेका अन्तराष्ट्रिय मैत्री समाज नेपालका संयोजक प्रदीप खनालले भने । भ्रमणमा पूर्वप्रधानमन्त्री देवगौडासहित १३ जना तीर्थयात्री काठमाडौं आउने छन् ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १५ भदौमा पशुपतिनाथ दर्शन गरेका थिए भने त्यही दिन काठमाडौं आएका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी १६ भदौमा कैलाश मानसरोवरतर्फ लागेका थिए । देवेगौडा यो पटक नेपाल भ्रमण गर्ने तेस्रो भीभीआइपी हुनेछन् ।

खनालका अनुसार शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेर अपरान्ह पाँच बजे जेट एयरलाइन्सको उडानबाट उनी भारत फर्किने कार्यक्रम छ । दक्षिण भारतका शक्तिशाली राजनीतिज्ञ मानिने देवगौडा सन् १९९६ जुन १ देखि १९९७ अप्रिल २१ सम्म भारतका प्रधानमन्त्री भएका थिए ।
नयाँ पत्रिकाबाट

२०७५ भदौ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्