News Portal

विदेशमा रहेका नेपालीलाई मताधिकार तत्काल दिन सकिन्न : निर्वाचन आयोग

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०१ पटक
काठमाडौं

भदौ २१ , काठमाडौं – सर्वोच्च अदालतले कानुनी व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्देशनात्मक आदेश दिएको छ । तर सरोकारवालाहरू तत्काल मताधिकार कार्यान्वयन गर्न सम्भव नहुने बताउँछन् । निर्वाचन आयोगले पनि विभिन्न समयमा गरेका अध्ययनका आधारमा तत्काल यो काम सम्भव नहुने बताएको छ । विदेशबाट मताधिकारको व्यवस्था गर्नु निकै जटिल र खर्चिलो हुने निष्कर्ष आयोगको छ ।

विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोगले विभिन्न देशमै पुगेर अध्ययन गरेको थियो । आयोगका अनुसार अमेरिका, दक्षिण कोरिया, फिलिपिन्स, मलेसिया, सिंगापुर, कतार, साउदी अरब, यमन र युएई सहितका विभिन्न देशमा गएर अध्ययन गरेको थियो ।

०६९ मा ४ वटा टिमले कोरिया, मलेसिया, फिलिपिन्स लगायत देशमा अध्ययन गरेको तत्कालीन सचिव शारदाप्रसाद त्रितालले जानकारी दिए । त्रितालको नेतृत्वको टोली कोरिया गएको थियो । ७१ मा एउटा टोली युएई पुगेको थियो ।

पूर्वनिर्वाचन आयुक्त दोलख बहादुर गुरुङका अनुसार ०६८ चैतमा निर्वाचन आयोगका सचिवको नेतृत्वमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे अध्ययन गर्न आयोगले निर्णय गरेको थियो । त्यतिवेला १४३ देशमा करिब ४० लाख नेपाली विदेशमा रहेको आँकलन गरी अध्ययन सुरु भएको थियो ।
नयाँ पत्रिकाबाट

२०७५ भदौ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्