News Portal

प्रहरी भित्र अझै लोकमान आतंक, एआईजी बढुवामा तीव्र चलखेल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३६ पटक
काठमाडौं

काठमाडौँ – नेपाल प्रहरीमा रिक्त रहेको तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवाका लागि यस्तै खाले चलखेल भैरहेको छ । सारमा प्रहरी संगठनको विषय भए पनि यो बढुवामा प्रहरी महानिरीक्षक साक्षीमात्र बस्ने र सदस्य सचिवको रुपमा काम गर्ने अनुभवीहरु बताउँछन । शक्तिकेन्द्र धाउने र बाँँकी सेटिङ मिलाउन सक्नेहरु यसमा बढुवामा पर्नेमा कुनै शंका छैन । गृहमन्त्रालयले जम्मा तीन जनामात्र एआईजीको दरबन्दी सिर्जना गरेपछि प्रतिस्पर्धा पनि तीव्र हुने देखिएको छ । यद्यपी यसपटक प्रतिस्पर्धामा जम्मा पाँच जनामात्रै रहेका छन । केही डिआइजी अनिवार्य अवकाशका कारण घर गैसकेका छन । अहिले एआईजीका लागि डिआईजीहरु पुष्कर कार्की, मनोज नेउपाने, ठुले राई, धिरु बस्न्यात र सुरेशविक्रम शाह प्रतिस्पर्धामा रहेका छन । प्रतिस्पर्धी मध्येका पुष्कर कार्की ढुक्क भएर रहेका छन । उनलाई यतिखेर एआईजी बन्ने धेरै कुरा अनुकुल देखिएको छ । बढुवाको लाइनमा रहेका डिआइजी मध्येमा उनी एक नम्बरमा छन नेपाल प्रहरी अति राजनीतिकरणको चपेटामा विगतदेखि नै फस्दै गएको छ ।

कांग्रेस र कम्युनिष्ट सरकारको नेतृत्वमा जो रहे पनि उनीहरुले प्रहरी संगठनलाई कमजोर बनाउने र प्रहरी अधिकृतहरुलाई आफू अनुकुलमा प्रयोग गर्दै आए । त्यसकारण प्रहरीहरु सरुवा र बढुवाका लागि नेताको दैलोदेखि भारतीय दूतावासको दैलोसम्म चाहर्ने काममा लागे जुन आजका दिनमा पनि जारी छ । योग्यता र क्षमताले संगठनभित्र अव्वल सावित हुने भन्दा पनि राजनीतिक पार्टीको निकटता, व्यक्तिगत निकटता, पैसा र चाकरी भजाउन सक्नले मात्रै बढुवा पाए भनेर स्वय् प्रहरी संगठन । यसअघि डिआइजीको सरुवामा समेत चलखेल गर्न भ्याएका मनोज न्यौपाने बढुवाको चलखेलमा अग्रस्थानमा रहेका छन ।

आइजीपी, गृहमन्त्री र उनाका असेपासेलाई समेत चक्मा दिने गरी महानगरीय आयुक्त कार्यालयमा सरुवा भएका थिए । वरिष्ठ प्रहरी अधिकृतहरुका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा अयोग्य घोषित भई पदच्यूत भएका लोकमानसिंह कार्कीका भान्जीज्वाई समेत रहेका न्यौपाने उनकै आडमा प्रहरीभित्र चलखेल गर्ने व्यक्ति हुन । न्यौपाने प्रहरी भित्र र बाहिर पनि असक्षम र बद्नाम प्रहरी अधिकृत भनेर अलोचित हुँदै आएका छन । न्यौपाने नारायणी अन्चल प्रहरी प्रमुख हुँदा ५० हजार घुसकाण्डमा परेका थिए । उनले ब्यापारीसँग ५० हजार रुपैयाँ घुस खाएको प्रमाणित हुँदा पनि तत्कालीन अख्तियार प्रमुख उनका मामाससुरा भएकालेले उनी निलम्बनमा समेत पर्नु परेनन् । सरुवा पनि भएन ।

यस्ता विवादित डीआइजी न्यौपानेलाई लोकमानसिंहकै इशारामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटाई सेटिङ मिलाउन पूर्वएआइजी केशरीराज घिमिरेले काम गरेका छन । आयुक्त कार्यालयमा सरुवा हुने समयमा समेत प्रचण्डसँगै भेटेर गृहमन्त्री र आइजिपीलाई समेत चकित पार्दै न्यौपाने निमित्त हुनु पुगेका थिए । न्यौपानेमाथि प्रहरी प्रधान कार्यालयले सीसीटीभी जडानका लागि भन्दै काठमाडौं उपत्यकाका सातवटा प्रहरी युनिटहरूलाई पठाएको रकम हिनामिना गरेको समेत अरोप छ । आर्थिक वर्ष २०७४/७५ को अन्तिम समयमा असार १० गते प्रहरी हेड्क्वार्टरको बजेट शाखाले ट्राफिक महाशाखा, महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर, कालिमाटी, जनसेवा, सिंहदरबार, दरबारमार्ग र सातदोबाटोलाई प्रतियुनिट पाँच लाखको दरले रकम निकासा गरेको थियो ।

अपराध न्यूनीकरणका लागि सीसीटीभी जडान गर्न भन्दै प्रहरी प्रधान कार्यालयले निकासा गरेको उक्त ३५ लाख रकम महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी न्यौपानेले यसअघि नै जडान भएको सीसीटीभी देखाएर हिनामिना गरेको आयुक्त कार्यालयका प्रहरी अधिकृतले बताएका छन । आफैँमा बद्नाम बन्दै गएका पत्र र लोकमानसिंहसँगको कनेक्सनका कारण उनी अहिले चलखेलमा अब्बल देखिएका छन । चलखेल नै नगर्ने त कोही पनि छैन । बाँकीले पनि आफ्नो गच्छेअनुसारको चलखेल र अविङ गरिरहेकै छन । गृहमन्त्रालय स्रोताका अनुसार पुष्कर कार्की र ठूले राई एक र दुई नम्बरमा बढुवा हुने लगभग निश्चित छ । तर तेस्रो नम्बरका लागि मनोज न्यौपाने, धिरु बस्नेत र सुरेशविक्रम शाह प्रतिस्पर्धामा रहेका छन । यसमा पनि म्यानपावर कारबाही प्रकरणमा प्रधानमन्त्री कार्यालयको इशारामा काम गरेका कारण बस्नेतको सम्भावना पनि उत्तिकै देखिएको छ । गृह स्रोतका अनुसार न्याैपाने र बस्नेत मध्ये एक जना बढुवामा पर्ने छन ।

२०७५ भदौ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्