News Portal

नेपालसंग ९ हजार मेगावाट विद्यतु खरिद गर्न बंगलादेश इच्छुक

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१६ पटक
काठमाडौं

भदौ २१ , काठमाडौं –विकास र समृद्धिका लागि नेपालले उर्जा विकासलाई प्राथमिकतामा राखेको छ । भारत र चीनसँग मात्र उर्जा सहमति गरेको नेपाल बंगलादेशसँग पनि जोडिनेछ । महत्वकांक्षी मानिएको विद्युत खरिद विक्रि योजनामा पूर्वाधार बाधक बन्ने देखिएको छ । यति हुँदै गर्दापनि बंगलादेशको ९ हजार मेगावाट विद्युत किन्ने आकांक्षा नेपालले पूरा गर्न सके समृद्धिको सपना त्यति धेरै टाढा छैन ।

नेपालले एक दशकमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य बोकेको छ । यो महत्वकांक्षी योजनामा बंगलादेशले पनि साथ दिने प्रतिवद्धता जनाएको छ । यति मात्र होइन अबको २२ वर्षमा नेपालबाट बंगलादेशले ९ हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव समेत अघि सारेको छ । तर, पूर्वाधारका साथै बंगलादेशसम्म पु¥याउने मार्गमा पनि सहमति जुटाउन दक्षिण छिमेकी भारतलाई फकाउनुपर्ने अवस्था छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन सहभागी ‘इनर्जी एण्ड पावर विक’ सम्मेलनमा ढाकाको प्रस्ताव नेपालको उर्जा विकासका लागि महत्वपूर्ण सावित हुनेछ । बंगलादेशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालयअन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट ९ हजार मेगावाट विजुली आयात गर्ने उल्लेख छ । यसका लागि नेपाल र बंगलादेशबीच गत १० अगष्टमा इनर्जी को–अपरेशनसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री बर्षमान पुन र बङगलादेशका उर्जामन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए ।

अहिलेसम्म भारतसँग मात्र विद्युत कारोवार गरेको नेपालका लागि चीन र बंगलादेशसँगको सहमति त्यति सहज पक्कै छैन । चीनसँग भौगोलिक कठिनाई बाधक देखिनेछ भने बंगलादेशसँग भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहनेछ । यसका लागि दिल्ली फकाउन काठमाडौं र ढाकाले कुन बाटो प्रयोग गर्नेछन् त्यसमा भर पर्छ । सम्मेलनको उद्घाटन समारोहमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देखाएको चासोले पनि बंगलादेश गम्भीर छ । नेपाल पनि बंगलादेशले मागे जतिको विद्युत दिन तयार छ । त्यसका लागि आधार तयार पार्न चुनौती उस्तैछ ।

भर्खरै बिम्स्टेक राष्ट्रबीच समझदारी भएको र विद्युत आदानप्रदानको ढोका समेत खुलेको छ । त्यसमा भारत इमान्दार बन्न जरुरी छ ।

२०७५ भदौ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्