News Portal

यस्तो छ आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७९ पटक
काठमाडौं

भदौ २२ , काठमाडौं – पञ्चाङ्ग ,वि.सं. २०७५ साल भदौ २२ गते। शुक्रबार। इश्वी सन् २०१८ सेप्टेम्बर ७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– द्वादशी, ६:३४ बजेदेखि त्रयोदशी, २८:०८ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– तिष्य, ११:३८ बजेउप्रान्त अश्लेषा। योग– परिघ, २२:२१ बजेउप्रान्त शिव। करण– तैतिल, ६:३४ बजेदेखि गर, १७:२१ बजेपछि वणिज, २८:०८ बजेउप्रान्त भद्रा। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:१६ बजे र दिनमान ३१ घडी १७ पला। प्रदोष व्रत। जुग: येँ पञ्चदान। निजामती सेवा दिवस।

मेष– ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ ।
वृष– घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् ।
मिथुन– लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ । बेसुरमा वचन दिनाले दुस्ख पाइनेछ ।
कर्कट– शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।
सिंह– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ ।
कन्या– साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला ।
तुला– रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ।
वृश्चिक– विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ ।
धनु– अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ ।
मकर– आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानि हुन सक्छ ।
कुम्भ– विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान पाइएला ।
मीन– प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला ।

22 गते बिशेष काम गर्ने राम्रो समय बिहान 07:47 देखि 08:47 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला र अमृत बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला र अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

22 गते राहु काल बिहान 10:27 देखि मध्यान्न 12:07 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

22 गते काचो दुध, सेता बस्तु वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

22 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

22 गते लागि सहित जुरेका कामहरु, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, गीत संगित, जस्ता काम आज फाब्छन।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ भदौ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्