News Portal

सहसचिवलाई बोलाएर गृहमन्त्रीले सोधे कारबाहीमा परेका एसपी माझीको पदक किन नरोकेको ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१२९ पटक
काठमाडौं

भदौ २२ , काठमाडौं – प्रहरी उपरीक्षक (एसपी) विद्यानन्द माझीले प्राप्त गरेको ‘प्रवल जनसेवा श्री’ पदकबारे गृहमन्त्रालयमा छलफल चलेको छ । गृहमन्त्री रामबहादुर थापाले आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव महादेव पन्थलाई बोलाएर माझीले पाएको पदकबारे जानकारी लिएका थिए ।

मन्त्रालय स्रोतका अनुसार इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना गुपचुपमा मिलापत्र गराएको आरोपमा कारबाहीमा परेका व्यक्तिको पदक किन नरोकेको भन्दै उनीसँग जानकारी लिएका थिए । सहसचिव पन्थले आफू मन्त्रालयमा भर्खरै आएका कारण उनी निलम्बनमा परेको बारे जानकारी नभएको जवाफ दिएका थिए ।

प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिना सम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका एसपी माझीलाई मंगलबार ‘प्रवल जनसेवा श्री’ पदक प्रदान गरिएको थियो । निलम्बन फुकुवा भएपछि एसपी माझी अहिले जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख छन् ।

पुस–१६ गते इटहरीकै वडा नं. २ मा १६ बर्षीया बालिका बलात्कार गरेको घटना गुपचुपमा मिलापत्र गराएको एक महिनापछि छानबीन भएको थियो । एसपी माझी सुनसरी जिल्ला प्रहरी प्रमुख हुँदा माघ २३ गते निलम्बनमा परेका थिए । तत्कालीन प्रहरीको प्रदेश १ का एआइजी पशुपति उपाध्यायले संघीय प्रहरी एकाइ धरानका तत्कालीन एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन गरिएको थियो ।
नागरिकबाट

२०७५ भदौ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्