News Portal

अन्ततः विभागीय मन्त्रीले पनि त्रुटिपूर्ण नक्सा प्रयोग गर्दै आएको स्वीकार

भारतीयले बनाएको नक्साका कारण यस्तो समस्या आएको भनाइ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५४ पटक
काठमाडौं

भदौ २२ , काठमाडौं –  अन्ततः विभागीय मन्त्रीले पनि सरकारी निकायले देशको त्रुटिपूर्ण नक्सा प्रयोग गर्दै आएको स्वीकारेकी छन् । भारतीय नक्सा प्रयोगका कारण यस्तो समस्या आएको उल्लेख गर्दै उनले तत्काल फेरिने बताइन् ।

नक्सा बनाउने आधिकारिक मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले यसमा आफ्नो मन्त्रालय जिम्मेवार नरहेको दाबी गरिन् । ‘अनधिकृत रुपमा भारतमा छापिएर नक्सा आउने गरेका कारण निसान छापमा कालापानी गायब भएको हो’, उनले भनिन्, ‘हो, हाम्रा मन्त्रालयहरुले समेत भारतीय नक्सा प्रयोग गरिरहेका छन् । यसको व्यापक दुरुपयोग भइरहेको छ । हाम्रा मन्त्रालय नै अचम्मका छन्, अनधिकृत नक्सा प्रयोग गर्छन् ।’

उनले सरकारको नक्सा छाप्ने अधिकारिक निकाय नापी विभागका नक्सा भने गलत नभएको बताइन् । नक्सा बनाउने र प्रकाशित गर्ने आधिकारिक निकाय नापी विभाग मात्रै हो ।विभागको अनुमति वेगर कसैले पनि नक्सा बनाउन र प्रकाशन गर्न पाउँदैन । तर बजारमा मनपरी रुपमा नक्सा बनाउने काम भइरहेको छ ।

धेरै जसो नक्साहरु भारतमा बनेर आउने गरेका छन् । भारतमा नै बनेर आएका नक्सा मन्त्रालय देखि अधिकांश सरकारी कार्यालयले समेत प्रयोग गरिरहेका छन् । भारतमा बनेका सबै नक्सामा कालपानीलाई हटाइएको छ । बजारमा भारतमा बनेका नक्साको प्रयोग भइरहेपनि त्यसलाई नियन्त्रणतर्फ कसैको ध्यान गएको छैन । मन्त्री अर्यालले नक्साको विषयमा अनुसन्धान नै गर्ने बताइन् ।
अन्नपूर्णबाट

२०७५ भदौ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्