News Portal

विश्व विजेता फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकियो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३२ पटक
काठमाडौं

भदौ २२ , काठमाडौं – विश्व विजेता फ्रान्सले युईएफए नेशन्स लिगको पहिलो खेलमा जर्मनीसँग गोलरहित बराबरी खेलेको छ ।

विश्वकपको फाइनलमा क्रोयसियालाई पराजित गरेर उपाधि जितेपछिको पहिलो पटक मैदानमा उत्रिएको फ्रान्सले जर्मनी विरुद्ध दबाब दिए पनि गोल गर्न सकेन । फ्रान्सले पहिलो हाफमा दुई राम्रा मुभ निकालेको थियो । जसमा एक पटक एन्टोइन ग्रिजमन चुकेका थिए ।

दोस्रो हाफमा झन सुधारीएको खेल खेलेको जर्मनील फ्रान्स विरुद्ध दुई वटा राम्रा गोलका अवसर पाएको थियो । जसमा एकपटक मार्को रिउस र अर्को पटक माथियस जिन्टरको प्रहारलाई फ्रान्सका डेब्यु गोलकिपर अल्फोन्सी एरोलाले बचाए । पुरै खेलमा ६० प्रतिशत बल पोसेसन बनाएको जर्मनीले विश्व च्याम्पियन फ्रान्स विरुद्ध आक्रामक फुटबल खेलेको थियो ।

विश्वकपको समूह चरणबाट नै बाहिरीएपछि जर्मनीको टिममा धेरै खेलाडी परिवर्तन गरिएको थियो । म्यानचेस्टर सिटीका विङगर साने अन्तिम सात मिनेट बाँकि हुँदा मैदानमा प्रवेश गरे पनि कुनै प्रभाव जनाउन सकेनन् । अब फ्रान्सले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

२०७५ भदौ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्