News Portal

यस्तो छ आजको मौसम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८९ पटक
काठमाडौं

भदौ २२, काठमाडौँ – शुक्रबार देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउसो देशभरि नै आंशिकदेखि सामान्य बदली रहने र केही स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना रुहेको मौसमविदले जानकारी दिएका हुन् ।

यस्तै शुक्रबारराति पनि मौसममा खासै सुधार नआउने महाशाखाले जनाएको छ । राति पनि देशभरि नै सामान्यदेखि पूर्ण बदलि रहने र केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

२०७५ भदौ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्