News Portal

‘प्रकाण्ड’लाई अहिलेसम्मकै ठुलो मुद्दा, कांग्रेसको चुनावीसभालाई लक्षित बम विस्फोटमा म्यादी प्रहरी हत्या गरेको आरोप

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९३ पटक
काठमाडौं

भदौ २२, दाङ– नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप लागेको छ।

नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरी मंसिर १२ गते दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निवासी २३ वर्षका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएपछि विश्कर्माविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबैभन्दा ठूलो मुद्दा हो। विश्वकर्मामाथि लागेको आरोपको सबै प्रमाण इलाका प्रहरी कार्यालयले कार्यालय तुलसीपुरले जुटाउनेछ। विनोद चौधरीको हत्या आरोपमा प्रहरीको प्रतिवेदनमा फरार सूचीमा परेका विश्वकर्मालाई साउन २३ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो।

विश्वकर्मालाई विभिन्न जिल्लाका अभियोगमा त्यहाँका प्रहरी कार्यालय र अदालत पुर्‍याइँदै आएको छ। काठमाडौंदेखि पक्राउको सिलसिला सुरु गरेको प्रहरीले अदालतका विभिन्न पटकका आदेश हुनासाथ विश्वकर्मालाई पुनः पक्राउ गरी काभ्रेपलाञ्चोक, नुवाकोट, भोजपुर हुदैँ अहिले दाङ  पुर्‍याएको छ ।

 

 

२०७५ भदौ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्