मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ २२ , काठमाडौं – नेपाल वायुसेवा निगमको सगरमाथा नाम गरेको एयरबस ३२०–२०० विमानमा चरा ठोकिएको छ। मलेसियाबाट नेपाल उडान गरेको निमको कलसाइन ९एन–एकेडब्लु विमानको पखेटामा चरा ठोकिएको हो। विमानमा चरा ठोकिए पनि कुनै ठूलो दुर्घटना नभएको र सबै यात्रु सकुसल रहेको निगमले जानकारी दिएको छ।
मलेसियाबाट आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएको हो।
२०७५ भदौ २२ गते प्रकाशित
