News Portal

कविता : ‘सुन्दर प्रकृति कि पचाल झरना’

रमेश न्यौपानेकाठमाडौं
९४६ पटक
काठमाडौं

प्रिय पचाल झरना
सुन्दर पचाल झरना
प्यारो पचाल झरना
हिमालहरुको काखबाट
सुसेलिदै , बहेलिदै
त्यो ठुलो चटानबाट
खसेकी
मेरी प्रिय पचाल झरना
सुन्दर प्रकृति कि पचाल झरना !

आहा !
त्यो लाफाको रमाइलो गाउँ हुँदै
ति भिर पाखा हुँदै
उकाली ओराली हुँदै
उनको सामु जादा
कति लजाएकी हुन
उनका ति पानीका थोपाहरुले
गालामा टोकेर स्वागत गर्दा
उनको सुन्दरतालाई
लुटौ जस्ती लाग्ने
मेरी प्रिय पचाल झरना
सुन्दर प्रकृति कि पचालझरना !!

उनको सुन्दरता हेर
उनको सजावटी हेर
अनि
उनको सालीन्ता हेर
पटुकी जस्तै बाधिएका पहाडका फेदहरुले
कति सजाएका छ्न
सेता हिलालहरुले
कति समान गरेका छन
समतल भुभागमा हिडने कर्णालीले
कति स्वागत गरेको छ
त्यसैले उनी स्वर्ग कि अप्सरा
जस्तै लाग्छिन
मेरी प्रिय पचाल झरना
सुन्दर प्रकृति कि पचाल झरना !!!

कसैले चिन्दैनन उनलाई
सोध्छ्न उनी कहाँ छिन भनेर ।।?
म जभाव दिन्छु
उनी कालिकोट छिन भनेर
कहाँ पर्छ कालिकोट ..?
जहाँ पचाल झरना छ
त्यही पर्छ कालिकोट
कस्तो छ कालिकोट ..?
पचाल झरना जस्तै सुन्दर छ कालिकोट
कति अग्ली छिन उनी ।।?
३८० मिटर अग्ली छिन
मेरा यस्तै जभावले कति  खुशी भएकी हुन
मेरी प्रिय पचाल झरना
सुन्दर प्रकृति कि पचाल झरना !!!!

त्यो कोहिलीको हिलिले मिठो स्वरमा
उनको शिरमा गीत गाउदा
कति नाचेकि हुन
अनि
उनको त्यो सुन्दरप्रकृतिले छरेको
चिसो हावाले गर्दा
आउने पर्यटकलाई कति
नचाएकी हुन
त्यसैले उनको हरेक चिजमा
संगीत छ
त्यही भएर कसैलाई दुखी बनाएकी छैनन
मेरी प्रिय पचाल झरना
सुन्दर प्रकृति कि पचालझरना !!!!!

२०७५ भदौ २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्