मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ २३, काठमाडौं – गोरखाबाट काठमाडौं लागि छुटेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । गोरखाको सामागाउँबाट उडेको केही मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने त्यो हेलिकप्टर अहिलेसम्म ल्याण्ड नभएको त्रिभुवन विमानस्थलले जनाएको छ । हेलिकप्टरमा कति यात्रु थिए भन्नेबारे केही जानकारी आएको छैन ।
२०७५ भदौ २३ गते प्रकाशित
